काठमाडौं । सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ ।
बुधबार सुन तोलामा २ हजार २ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ हजार ९ सय रुपैयाँले बढेको थियो । बुधबार चाँदीमा भने तोलाको ४५ रुपैयाँले बढेको नेपाल सुनचाँदी महासँघले जनाएको छ । चाँदी १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेका कारण नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
प्रतिक्रिया