एनआरएनएको सवा अर्ब लगानी रहेको ओम मेगाश्री फर्मास्यूटिकल्सका ठूला २१ सेयरधनी


काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपाललाई सेयर निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको आईपीओमा विदेशमा रहेका नेपालीहरुले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीमा अर्जुन कुमार श्रेष्ठको ६ लाख १५ हजार कित्ता, कमल पन्थीको ४ लाख ३९ हजार १८० कित्ता, अर्जुन प्रसाद काफ्लेको ३ लाख ३९ हजार १८० कित्ता, लक्ष्मण घिमिरेको २ लाख ३० हजार ६९० कित्ता, एसडिएस होल्डिङ्सको २ लाख २६ हजार १६९ कित्ता, सौरभ आचार्यको १ लाख १६ हजार १५० कित्ता, जगदिश शर्माको १ लाख कित्ता, डा सूर्यज्योति श्रेष्ठको ९३ हजार ५० कित्ता, परशुराम पाण्डेको ८१ हजार ६९० कित्ता, प्रकाश उप्रेतीको ६९ हजार कित्ता सेयर स्वामित्व छ ।

यस्तै अञ्जु नेपाल मरासिनीको ६० हजार कित्ता, फस्ट क्यापिटल प्रालिको ५७ हजार १४४ कित्ता, प्रगति पौडेलको ५१ हजार ४६० कित्ता, नृपेश बस्नेतको ५० हजार कित्ता, बाबुराम पन्थीको ५० हजार कित्ता, ललिता बस्यालको ५० हजार कित्ता, शंकर प्रसाद पण्डितको ५० हजार, रविन्द्र राज श्रेष्ठको ४९ हजार १२० कित्ता, अर्जुन पराजुलीको ४५ हजार कित्ता, राजीन पनेरुको ४२ हजार कित्ता र लक्ष्मण पाण्डको ६५ हजार कित्ता सेयर स्वामित्व छ ।

एसडिएस होल्डिङ्सको सञ्चालकमा सुरेन्द्र केसी, संजिवलाल श्रेष्ठ र सोनिया केसी तामाङ छन् । यस्तै फस्ट क्यापिटलको सञ्चालकमा कृष्ण प्रसाद तिमल्सीना र दिपक तिमल्सीना रहेका छन् । यस्तै होली हाउ इन्भेष्टमेन्ट प्रालिको सञ्चालकमा कुल आचार्य रहेका छन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ रहेका छन् भने सञ्चालकमा कमल पन्थी, अर्जुन प्रसाद काफ्ले, रविन्द्रराज श्रेष्ठ, नेत्रनाथ पौडेल, सिताराम जोशी र जेनी थापा मगर रहेका छन् । कम्पनीको पौडेलको ३९ हजार २००, जोशीको २३ हजार र थापा मगरको २९ हजार ४० कित्ता सेयर स्वामित्व छ ।

कम्पनीमा गैरआवासीय नेपाली (एनआरएनए)हरुले १ अर्ब २५ करोड लगानी छ । ओम मेगाश्री चितवनको जुगेडीमा रहेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले कम्पनीले कार्डियो, डाइबिटिज, न्यूरोलगायतका ५३ वटा औषधि उत्पादन गर्ने अनमुति औषधि व्यवस्था विभागबाट पाएको बताए । जसमध्ये २७ वटा औषधि बजारमा ल्याइसकेको कम्पनीले जनाएको छ ।