काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ ।
विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिव १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले क्यान्सर विश्वमा मृत्युको कारणमध्ये एक भएको उल्लेख गरे। विश्वमा कुल ६ जनाको मृत्युमध्ये एकको मृत्यु क्यान्सरका कारण हुने गरेको उनले बताए । नेपालको कुल मृत्युको ११ प्रतिशत भन्दा बढी क्यान्सरबाट मृत्यु हुने गरेको देवकोटाको भनाइ छ ।
नेपालमा क्यान्सरको मृत्युबाट भएका मृत्युको ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सो र पाठेघरको क्यान्सरबाट हुने गरेको उनले जानकारी दिए । नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र हरेक दिन ४ महिलाको मृत्यु पाठेघरको क्यान्सरको कारण हुने गरेको बताए ।
उनले आगामी वर्षदेखि नियमित खोप तालिकामा एचपिभी खोपलाई समावेश गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए । उनले आउँदो फागुन महिनालाई नसर्ने रोगको स्क्रिनिङ महिना घोषणा गरी कम्तिमा ५ लाखको परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए ।
प्रतिक्रिया