उद्योग वाणिज्य महासंघको पहिलो प्रादेशिक भवन कोशीमा निर्माण हुँदै


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो प्रादेशिक कार्यालय कोशी प्रदेशमा निर्माण हुने भएको छ ।

मोरङको बुढीगंगा २ टंकीसिनवरीमा आफ्नै दुई कठ्ठा जमिनमा करिब चार करोडको लागतमा निर्माण हुन लागेको भवन महासंघको पहिलो प्रादेशिक भवन हुने महासंघ कोशी प्रदेश कार्यालयका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए।

भवनको सोमवार महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल र कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले सयुक्त रुपमा सिलान्यास गर्ने कार्यक्रम छ । यसको भूमि पुजन कार्यकारी सदस्य देवकीनन्दन अग्रवालले गर्दै छन् ।

आफ्नो कार्यकाल अवधिमा भवन निर्माण पुरा गरेर छाडने महासंघ कोशीका अध्यक्ष राउतको भनाइ छ ।