काठमाडौं । सेयर बजारमा उछाल आएको छ । लामो समयपछि बजारमा उछाल आएको हो ।
कारोबारको सुरुदेखि नै बजारमा आएको उछाल अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ६९.८० अंकले बढेर परिसूचक २७२७.५८ बिन्दु कायम भएको छ ।
३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
कारोबारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया