
एजेन्सी । सर्वसाधारणमा अझै पनि चिनियाँ कारहरू धेरैजसो निम्न-गुणस्तर, सस्तो हुन्छन् भन्ने सोच छ । यो बुझाइ तोड्न, चिनियाँ न्यु इनर्जी भेइकल एसयूभी मध्ये सबैभन्दा महँगा १० कारहरू कुन कुन हुन् भन्ने बुझ्न जरूरी हुन्छ । हेरौं मूल्य र लोकप्रियताका आधारमा टप टेन चाइनिज एसयूभीः
१०. लि आइडियल एलनाइन
लि आइडियल एलनाइन एलनाइन फुल-साइज क्रसओभर यो सूचीमा दशौं स्थान परेको छ । कारको सुरुवाती मूल्य ४ लाख ९ हजार ८०० युआन (५६ हजार ५१० अमेरिकी डलर) रहेको छ । चाइना ईभी डाटा ट्र्याकर अनुसार, गत वर्ष चीनमा यो कारको ८५ हजार ८१७ युनिट बिक्री भएको थियो ।

लि एलनाइन एउटा ठूलो एसयूभी हो । यसमा १.५ लिटर टर्बोचार्ज्ड इन्टरनल कम्बसन इन्जिन छ जो जेनरेटरको रूपमा काम गर्दछ। एलनाइनमा डुअल-मोटर फोरह्विल ड्राइभ फोरह्विल ड्राइभ सुविधा छ । कारको संयुक्त पिक पावर ३३० किलोवाट (४४३ हर्सपावर) छ। कारमा ५२.३ किलोवाट क्षमताको ब्याट्री छ जसले २८० किमी रेन्ज प्रदान गर्दछ । कारको कुल रेन्ज १४ सय किमी छ ।
९. ट्यांक ७०० हाइफोर–टी
ग्रेटवाल मोटर्सको ट्यांक ७०० हाइफोर–टी अफ-रोड एसयूभी यो सूचीमा नवौं स्थान छ । कारको सुरुवाती मूल्य ४ लाख २८ हजार युआन (५९ हजार २० अमेरिकी डलर) रहेको छ। यो बडी-अन-फ्रेम एसयूभीको बिक्री मार्च २०२४ मा सुरु भएको हो । हालसम्म कुल १४ हजा वटा यो कार बिक्री भइसकेका छन् ।

चिनियाँ कार पारखीले ट्यांक ७०० हाइफोर–टी लाई मर्सिडिजबेन्ज जीक्लाससँग तुलना गर्छन्। यी दुवै कार बोल्ड देखिन्छन् । तर, ट्यांक ७०० हाइफोर–टी मर्सिडिजभन्दा ठूलो छ । यो कारमा ३ लिटर भीसिक्स इन्जिन छ । यो इन्जिनले २६५ किलोवाट (३५५ हर्सपावर) शक्ति पैदा गर्दछ। कारलाई १२० किलोवाट (१६१ हर्सपावर) को ई-मोटर र ९एटीसँग जोडिएको छ । ट्यांक ७०० हाइफोर–टी मा ३७.१ किलोवाटको ब्याट्री छ, जसले १०० किमी रेन्ज प्रदान गर्दछ ।
८. नियो ईएससेभेन
यस सूचीमा आठौं स्थानमा नियो ईएससेभेन मिड-साइज इलेक्ट्रिक एसयूभी हो । कारको सुरुवाती मूल्य ४ लाख ३८ हजार युआन (६०,४०० अमेरिकी डलर) तोकिएको छ । नियो ईएससेभेनको चीनमा बिक्री चित्तबुझ्दो छैन । सन् २०२४ मा मात्रै १ हजार ८७४ युनिट बिक्री भएका छन् ।

नियो ईएससेभेन पाँच-सिटे क्रसओभर हो । कारमा डुअल-मोटर फोरह्विल ड्राइभ छ जसले ४८० किलोवाट (६४४ हर्सपावर) शक्ति प्रदान गर्दछ। यस ईभीको स्ट्यान्डर्ड भेरियन्टमा ७५ किलोवाट टर्नरी एनएमसी ब्याट्री प्याक उपलब्ध छ जसले ४८५ किमी रेन्ज दिन्छ। १०० किलोवाट ब्याट्री प्याक भएको भेरियन्टले ६२० किमी रेन्ज दिन्छ। नियो ईएससेभेन युरोपमा ईएलसेभेन नाममा बिक्री हुन्छ ।
७. नियो ईसीसेभेन
नियो ईसीसेभेनले यो सूचीमा सातौं स्थानमा छ । ईसीसेभेनको सुरुवाती मूल्य ४ लाख ५८ हजार युआन (६३,१६० अमेरिकी डलर) रहेको छ । चीनमा गत वर्ष यस मोडलका २ हजार ८६५ वटा कार बिक्री भएका थिए ।

यसमा ईएससेभेनको झै पावरट्रेन छ । स्लीक बडी आकारको कारण कारको ७५ किलोवाट ब्याट्रीले ४९० किमी र १०० किलोवाटले ६३५ किमी रेन्ज दिन्छ ।
६. आइटो एमनाइन
हुवावे र सेरेसको आइटो एमनाइन क्रसओभर महँगा कारको सूचीमा छैटौं स्थान छ । कारको सुरुवाती मूल्य ४ लाख ६९ हजार ८०० युआन (६५,७८५ अमेरिकी डलर) रहेको छ । फेब्रुअरी २०२४ मा बिक्री सुरु भएपछि आइटो एमनाइनले चिनियाँ बजारमा तहल्का मच्चाएको थियो । यो कार चिनियाँ बजारमा हट सेलर बनेको थियो । सन् २०२४ मा यस एसयूभीका १ लाख ५६ हजार ५१ युनिट बिक्री भएका थिए । महँगा कारको सूचीमा यो कार सबैभन्दा बढी बिक्री हुने कार हो ।

आइटो एमनाइन एउटा ठूलो क्रसओभर हो । कारको ब्याट्री ईभी भेरियन्टमा डुअल-मोटर फोरह्विल ड्राइभ उपलब्ध छ । कारले ३९० किलोवाट (५२३ हर्सपावर) शक्ति पैदा गर्दछ । यसको १०० किलोवाट ब्याट्रीले ६३० किमी रेन्ज दिन्छ । यता एक्स्टेक्डेड रेन्ज ईभी भेरियन्टमा ३६५ किलोवाट ब्याट्री, १.५ लिटर जेनरेटर र ४२ किलोवाटको ब्याट्री छ । कारले १९० किमी इलेक्ट्रिक रेन्ज दिन्छ । कारमा ५२ किलोवाटको वैकल्पिक ब्याट्री पनि उपलब्ध छ, जसले २७५ किमी इलेक्ट्रिक रेन्ज प्रदान गर्दछ ।
५. नियो ईएसएट
नियो ईएसएटले यस सूचीको पाँचौं स्थानमा छ । कारको सुरुवाती मूल्य ४ लाख ९८ हजार युआन (६८ हजार ६७५ अमेरिकी डलर) छ । कारमा ब्याट्री प्याक समावेश छ । गत वर्ष नियो ईएसएट एसयूभीको ९ हजार १८८ युनिट बिक्री भएका थिए ।

नियो ईएसएट सिक्स-सिटर क्रसओभर हो । कारमा डुअल-मोटर फोरह्विल ड्राइभ छ जसले ४८० किलोवाट शक्ति उत्पादन गर्दछ । ७५ किलोवाट ब्याट्रीले ४६५ किमी रेन्ज दिन्छ । यसैगरी १०० किलोवाट प्याक भएको भेरियन्टले ६०५ किमी रेन्ज दिन्छ ।
४. हङ्गी ई–एचएसनाइन
एफएडब्लूको हङ्गी ई–एचएसनाइन महँगा कारको सूचीमा चौथो स्थानमा पर्दछ । कारको सुरुवाती मूल्य ५ लाख ८९ हजार ८०० युआन (८१,३३५ अमेरिकी डलर) छ। ई–एचएसनाइन डिसेम्बर २०२० मा चिनियाँ बजारमा प्रवेश गरेको थियो । सन् २०२४ मा १ हजार १५ वटाको संख्यामा यो कार बिक्री भइका छन् ।

हङ्गी ई–एचएसनाइनका सात, छ र चार सिटे भेरियन्ट छन् । कारको इन्ट्री लेभल भेरियन्टमा फोरह्विल ड्राइभको सुविधा छ । कारले ३२० किलोवाट (४२१ हर्सपावर) शक्ति पैदा गर्दछ । थप शक्तिशाली भेरियन्टमा दुई ई-मोटर छन् जसले ४०५ किलोवाट (५४३ हर्सपावर) शक्ति उत्पादन गर्छन् । कारमा रहेको १२० किलोवाट ब्याट्रीले ६९० किमी रेन्ज दिन्छ ।
३. एम–हिरो ९१७
डोङ्फेङको एम–हिरो ९१७ यो रेटिङ्गमा तेस्रो स्थानमा छ । कारको सुरुवाती मूल्य नै ६ लाख ३७ हजार ७०० युआन (८७ हजार ९४० अमेरिकी डलर) रहेको छ । चीनमा यो मोडलका कति कार बिक्री भए भन्ने जानकारी नभएकाले यो कार खासै बिक्री नभएको बताइन्छ ।

एम–हिरो ९१७ अफ-रोड एसयूभी हो । अल-इलेक्ट्रिक भेरियन्टमा चार इलेक्ट्रिक मोटरहरू छन् जसले संयुक्त रूपमा ८०० किलोवाट (१,०७३ हर्सपावर) को शक्ति पैदा गर्छन् । कारमा रहेको १४२.७ किलोवाट ब्याट्रीले ५०५ किमी रेन्ज दिन्छ । यसैगरी एक्स्टेन्डेड रेन्ज ईभीमा ३ वटा ई-मोटर छन् । यसले ६०० किलोवाट (८०५ हर्सपावर) को पिकपावर उत्पादन गर्छ । एम–हिरो ९१७ मा १.५ लिटर रेन्ज एक्सटेन्डर र ६५.८ किलोवाट ब्याट्री छ । कारको मिश्रित रेन्ज १ हजार २६ किमी छ ।
२. एम–हिरो एम८००
एम–हिरो एम८०० दोस्रो महँगो चिनियाँ एसयूभी हो । यो वास्तवमा नयाँ मोडल होइन, तर एम–हिरो ९१७ मा हेभी ट्यून गरिएको भेरियन्ट हो ।

कारको मूल्य ८ लाख ७९ हजार युआन (१ लाख २१ हजार २१५ अमेरिकी डलर) रहेको छ । यो कार पनि कति बिक्री भयो भन्ने जानकारी छैन ।
१. याङवाङ यूएट
बीवाईडीको याङवाङ यूएट चिनियाँ न्यू इनर्जी एसयूभी मध्ये सबैभन्दा महँगो कार हो । यो कारको सुरुवाती मूल्य १० लाख ९८ हजार युआन (१ लाख ५१ हजार ४१५ अमेरिकी डलर) रहेको छ । जनवरी देखि डिसेम्बर २०२४ सम्म याङवाङले यूएटका ७ हजार ३ सय ६६ युनिट बिक्री भएक् छन् ।

याङवाङ यूएट एउटा विशाल कार हो । कारमा चार इलेक्ट्रिक मोटरहरू छन् जसले संयुक्त रूपमा ८८० किलोवाट (१,१८० हर्सपावर) उत्पादन गर्छन् ।
परिणामस्वरूप, ३.५ टन तौल भएको यो अफ-रोड कारले ३.९ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्न सक्छ । याङवाङ यूएटमा २ लिटरको जेनरेटर पनि छ, जसले २०० किलोवाट (२६८ हर्सपावर) उत्पादन गर्दछ । ४९ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकको कारण यो कारले इलेक्ट्रिक मोडमा १२० किलोमिटरसम्म यात्रा गर्न सक्छ । कारको मिश्रित रेन्ज (इलेक्ट्रिक र इन्धन मोड मिलाएर) ७८० किलोमिटर छ ।
प्रतिक्रिया