रविबारे संसद्‍मा स्वर्णिम वाग्लेले के भने ? (भिडियो)

168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजकीय पद ग्रहण गरेका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति समेत रहेका प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले रवि लामिछानेलाई संसदीय समितिले रकम अपचलनमा प्रत्यक्ष संलग्नता नभएको प्रतिवेदन बुझाउँदा पनि सरकार उनलाई जसरी पनि फसाउने नियतमा लागेको भन्दै यस्तो माग गरेका हुन् ।

लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहसाथ खनिएको पनि उनले बताए । अदालतको विचाराधीन विषयमा आफू धेरै नबोल्ने पनि उनले बताए ।

उनले लामिछानेमाथिको निलम्बन फुकुवाको माग गरे ।

‘हाम्रो पार्टीका सभापति रवि लामिछाने आज यहाँ उपस्थित हुनुहुन्न,’ उनले भने, ‘२०६४ सालमा ल्याइएको सम्पत्ति शुद्धीकरण ऐन दफा २७ मा टेकेर राष्ट्र सेवकलाई मुद्दा दायर हुनासाथ निलम्बन गरिने भन्नेमा टेकेर तर संविधानको धारा १०३ र १०४ विशेष प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बित गरिएको छ। त्यसको कानुनी उपचार हामी खोज्छौं। आज सभामुखलाई भेटेर निलम्बन फुकुवाको आग्रह गरेका छौं।’