संसदको पहिलो बैठकमै रास्वपाको बिरोध, बस्न सभामुखको आग्रह

245
Shares

काठमाडौं । प्रतिनिधि सभाको हिँउदे अधिवेशन आजबाट सुरु भएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उभिएर बिरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले दलगत समय दिइने भन्दै त्यसबेला आफ्ना धारणा राख्न आग्रह गरिरहेका छन् । तर रास्वपा सांसदहरुले उभिएर बिरोध गरिरहेका छन् ।

जसका कारण संसद बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

आज प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेसहितका कार्यसूची छन् ।