एमएडब्लू वृद्धिले थप सय ठाँउमा चार्जिङ नेटवर्क विस्तार गर्ने


काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर निकट भविष्यमा थप १०० वटा चार्जिङ स्टेशन थप्ने भएको छ ।
कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गर्न लागेको जनाएको छ ।
हालसम्म ८६ वटा विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू निर्माण गरेको जनाएको छ ।

पर्यावरण–मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको जनाएको छ । सीसीएस टू कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा लागेको जनाएको छ ।
यसले हरियाली र स्वच्छ भविष्यका लागि एमएडब्लू वृद्धिको योजनालाई सघाउने कम्पनीको दाबी छ ।
यसले व्यवसायहरूलाई विद्युतीय सवारी साधनहरूमा स्विच गर्न सजिलो बनाउँने जनाएको छ ।
यसले देशलाई वातावरणीय रूपमा जिम्मेवार यातायाततर्फ परिवर्तन गर्ने कम्पनीले जनाएको छ ।

वातावरणमा कार्बन उत्सर्जन घटाउँदै विद्युतीय सवारी साधनहरूको व्यापक अपनत्वलाई सक्षम बनाउनेछ ।