जगदम्बा मोटर्सले मलेसियन प्रोटन इमास-७ इभी कार ल्याउने


काठमाडौँ । जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास- ७ इभी कार ल्याउने तयारी गरेको छ ।

मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास-७ कार नेपाली बजारमा आउने भएको हो । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध छन् ।

प्रोटन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । एजिस सर्ट ब्लेड ब्याट्री लिथियम आइरन फोस्फेट ब्याट्री हो । जसलाई गीली अटोमोबाइलद्वारा आविष्कार गरिएको छ ।

यो ब्याट्री छिटो चार्ज गर्न र परम्परागत ब्लेड ब्याट्रीहरूको तुलनामा उच्च प्रदर्शन गर्ने कम्पनीको दाबी छ । यो ब्याट्रीले अत्यधिक चिसोमा पनि आफ्नो उच्च क्षमता कायम राख्ने कम्पनीको दाबी छ ।

प्रोटन इमास ७ को प्राइममा ४९.५२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । प्रोटन इमास ७ प्रिमियममा ६०.२२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

प्रोटन इमास ७ को अर्को विशेषता ‘१२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ हो । ‘१२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ ले विद्युतीय सवारी साधनको एकीकृत पावरट्रेनलाई जनाउँछ ।

१२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणालीका प्रमुख फिचर्समा विद्युतीय मोटर, पावर कन्भर्टर, ब्याट्री व्यवस्थापन प्रणाली, अनबोर्ड चार्जरसहित धेरै नियन्त्रण एकाइहरू यस प्रणालीमा एक एकाइमा एकीकृत गरिएको हुन्छ ।

शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।