काठमाडौं । के तपाईंले कहिल्यै सोच्नु भएको थियो, यदि तपाईंको डिजिटल वालेटले तपाईंलाई तत्काल ऋण उपलब्ध गराउने क्षमता राख्थ्यो भने कति सहज र सुविधाजनक हुन्थ्यो ? इसेवाले इजीलोनको साथ तपाईंको यो सपनालाई केही महिना अघि यथार्थमा परिणत गरिसकेको छ।
व्यवसाय संचालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रही आएको छ । त्यसै गरि ३०हजार जस्तो थोरै रकम को व्यवसायीक कर्जा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगरेको हुँदा साना तथा मझौला व्यवसायीहरूले आर्थिक समस्या भोग्दै आएको थियो । इजी लोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इसेवा एजेन्टहरुको भनाइ रहेको छ ।
यसै सहजतालाई अझ थप सहज बनाउन इसेवा र गुडविल फाईनान्स बिच सहकार्य भएको छ । इसेवाले गुडविल फाईनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब ३० हजार देखि २ लाखसम्म इजी लोन प्रदान गर्ने भएको छ ।
इजीलोन सुविधाका साथ इसेवाले वित्तीय प्रविधिको क्षेत्रमा भित्र्याएको नयाँ आयामले अर्को दिशा पाएको छ । साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्य नजर गर्दै इसेवाले इजीलोनको सुरुवात गरेको थियो भने अबको यो कदमले एजेन्टहरुलाई झन धेरै सहज बनाएकोमा इसेवाका वित्तीय सेवाका हेम घिमिरे विश्वस्त रहेका छन् ।
व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस इजीलोनले मर्चेन्टहरुको जिवनलाई थप सहज र धेरै हद सम्म तनाव मुक्त बनाउने उहाँको भनाई रहेको छ । त्यसै गरि इजीलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएको र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै इजीलोन एजेन्टहरूको व्यावसायिक सफलताको लागि तयार पारेका कुरामा समेत जोड दिएका छन् ।
प्रतिक्रिया