९ हजार २ सय गाडी बोक्न सक्ने संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी सान्जेन’ सार्वजनिक


एजेन्सी । चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ले ‘बीवाईडी सान्जेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल–अन/रोल–अफ (रो–रो) कार क्यारियर हो । यस जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ र यो बीवाईडीको दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम हो।

चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडी का अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ । यी प्रविधिले ‘बीवाईडी सान्जेन’ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।

‘बीवाईडी सान्जेनले बीवाईडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि ‘बीवाईडी एक्सप्लोर नं १,’ ‘बीवाईडी हिफेइ,’ र ‘बीवाईडी चाङझोउ’ जस्ता जहाजहरूले ७,००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी आपूर्ति गरेका थिए । बीवाईडी ले २०२६ सम्म आफ्नो जहाज संख्या ८ पु¥याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पु¥याउनेछ।

२०२४ मा, बीवाईडी ले ४,१७,००० भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२% बढी हो। विद्युतीय गाडीको माग बढ्दै जाँदा, बीवाडडी नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ।