सामसङले घटायो एस २४ सिरिजको मूल्य, कति पुग्यो ?


भ्यालेन्टाइन सिजनको लागि सामसङ नेपालले ल्यायो ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा प्राइस् ड्रप

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ सिरिजको मूल्य घटाएको छ । भ्यालेन्टाइन्स सिजनको अवसर पारेर कम्पनीले ग्यालेक्सी एस २४ सिरिजका मोबाइलको मूल्य २५ हजार रुपैयाँसम्मले घटाएको हो । भ्यालेन्टाइन सिजनक अवसर पारी कम्पनीले आफ्ना फ्ल्यागशिप र फोल्डेबल स्मार्टफोनमा छुट बोनस फ्री गिफ्ट घोषणा गरेको हो ।

यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२ /२५६ जिबि) आफ्नो प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहेका ग्राहकहरुले सो खरिदमा २५ हजार सम्मको बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५,४९९मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५,४९९मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने छन् ।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ०% ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा केवल आफ्नो नागरिकताको आवश्यक पर्नेछ ।