काठमाडौं । चेरी ग्रुपअन्तर्गतको प्रख्यात ब्रान्ड जिटुर अब नेपालमा पनि उपलब्ध हुने भएको छ ।
बलियो र कडा सवारी साधनका रूपमा परिचित जिटुर ब्रान्डका एययुभीहरू अब सीजी मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध हुने भएका हुन् ।
सीजी मोटर्स र जिटुर बीच भएको समझदारीअनुसार, जिटुर का आरएचडी (राइट ह्याण्ड ड्राइभ) उत्पादनहरू नेपालमा सीजी मोटर्सको नेटवर्कमार्फत बिक्री गरिनेछ।
यस समझदारीपत्रमा जिटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन जू र सीजी मोटर्स प्रालिका सीईओ/निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा जिटुर अटोका उपाध्यक्ष के छुआन्देङ र हङकङ मेहुवा इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेडकी अध्यक्ष हुआमेई झाउजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
प्रतिक्रिया