रविको मुद्दामा कैफियत प्रतिवेदन माग्ने उच्चको आदेश


काठमाडौं । पोखरा उच्च अदालतले रवि लामिछाले दर्ता गरेको निवेदनमा कैफियत प्रतिवेदन मागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले दर्ता गरेको निवेदनमा उच्चले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।

न्यायाधीश मीलन कुमार राईको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।

लामिछानेले ६५ लाख धरौटीमा कास्की जिल्ला अदालतबाट रिहा भएका छन् । जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।