काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ सार्वजनिक गरेको छ ।
नयाँ आर्टिफिसियल इन्टेलिजेन्स(एआई) सुविधासहित यो सिरिजको फोन सार्वजनिक भएको हो ।
एआई अनुभवले ‘साँचो एआई साथी’ को रूपमा नयाँ मानक स्थापित गरेको सामसङले जनाएको छ ।
सामसङको ‘कन्टेक्स्ट-अवेयर’ मोबाइल अनुभव, मल्टिमोडल एआई एजेन्टहरूको उपयोग गरी स्मार्टफोन प्रयोगको परिभाषा परिवर्तन गर्ने उद्देश्यले यो शृङ्खला ल्याइएको कम्पनीले जनाएको छ। स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मको अनुकूलन गरिएको संस्करणको साथ यसले एआई प्रोसेसिङ क्षमतामा सुधार र उत्कृष्ट क्यामेरा प्रदर्शन प्रदान गर्ने छ ।
ग्यालेक्सी एस २५ शृङ्खलाले वान यूआई ७ को साथ प्रयोगकर्ताको आवश्यकता र प्राथमिकता बुझेको साँचो एआई साथी प्रदान गर्ने छ। गुगलसँगको सहकार्यले एन्ड्रोइडमा एआईको भूमिकालाई नयाँ उचाइमा पुर्याएको छ ।
ग्यालेक्सी एस २५ ले प्राकृतिक भाषाको बुझाइ सुधार गर्दै, खोज तथा संवाद प्रक्रियालाई सहज बनाएको छ । फोनको साइड बटन थिचेर ‘जेमिनी’ सक्रिय गर्न सकिने छ । जसले सामसङ, गुगल र तेस्रो-पक्ष एपहरूसँग एकीकृत कार्य गर्न सहज बनाउँछ ।
प्रयोगकर्ताको व्यक्तिगत डेटा ग्यालेक्सी एस २५ को ‘पर्सनल डेटा इन्जिन’ मार्फत सुरक्षित रूपमा उपकरणमै प्रशोधन गरी विशिष्ट अनुभव प्रदान गरिने सामसङले जनाएको छ । नयाँ पोस्ट-क्वान्टम क्रिप्टोग्राफी प्रविधिले भविष्यमा सम्भावित खतरा रोक्न सुरक्षा सुनिश्चित गरेको छ ।
यस शृङ्खलामा स्न्यापड्रागन ८ एलीट प्रोसेसर प्रयोग गरिएको छ, जसले ४०% एनपीयू, ३७% सीपीयू र ३०% जीपीयू सुधार गरिएको छ ।
यो शक्तिले एआई अनुभवलाई सहज बनाउँदै गेमिङ र प्रोफेसनल फोटोग्राफीमा नयाँ मानक तोक्ने छ ।
ग्यालेक्सी एस २५ शृङ्खला विभिन्न रंगमा नेपाली बजारमा चाँडै प्रवेश गर्नेछ । ग्यालेक्सी एस २५ अल्ट्रा टाइटानियम सिल्भरब्लू, ब्ल्याक, ह्वाइटसिल्भर र ग्रे रंगमा उपलब्ध हुनेछ भने एस २५ र एस २५+ नेभी, सिल्भर श्याडो, आइसिब्लू र मिन्ट रंग हुने छ।
प्रतिक्रिया