काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी सुन्दरताको कामलाई तिब्रता दिएको छ । त्यसै क्रममा महानगरले न्युरोडका सडक किनाराका घरहरुमा सेतो रंग लगाइरहेको छ ।
फुटपाथ विस्तारको क्रममा पटक पटक विवाद भएको महानगरपालिकाको २४ नं. वडाको न्यूरोड शुक्रपथ क्षेत्रको सबै घरहरूमा एउटै (सेतो) रङ लगाउने काम भइरहेको हो ।
काठमाडौं महानगरपालिकाको पहलमा स्थानीय तथा सो क्षेत्रमा व्यापार गर्नेहरूको सहयोगमा रङरोगन गर्ने काम भइरहेको हो।
फुटपथ विस्तारको काम, विद्युतीय तार भूमिगत गर्ने काम यस अगाडि नै भइसकेको छ । यसअघि महानगरले विभिन्न स्थानमा भित्ते चित्रसमेत बनाएको थियो । शहरी सुन्दरका लागि महानगरका मेयर बालेन्द्र शाहले जोड दिँदै आएका छन्।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी।
प्रतिक्रिया