आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । शुक्रबार (आज) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।