काठमाडौं । राष्ट्रिय योजना आयोगले आयोजना बैंकको अध्यावधिक गर्ने भएको छ । बिहीबार योजना आयोगले १६ औं योजना कार्यान्वयको तयारी सम्बन्धमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना बैंकलाई अध्यावधिक गर्ने बताएको हो ।
आयोजना बैंक अध्यावधिक गर्दै ७० अंक नल्याउने आयोजना ‘आयोजना बैंक’मा प्रवेश गर्न नपाउने भएको हो । कुल १०० अंकमध्ये ७० अंक आधारभूत मापदण्ड र ३० अंक क्षेत्रगत मापदण्डका आधारमा प्रदान हुन्छ । यसरी प्रदान हुने अंकमा ७० अंक प्राप्त गर्ने आयोजना मात्रै बैंकमा प्रवेश हुने भएको हो । यस्तै ३ वर्षसम्म निष्कृय रहेका आयोजना सूचीबाट हट्ने भएका छन् ।
आयोजना पहिचानको क्रममा सम्बन्धीत मन्त्रालयले नै आयोजनाको साधारण जानकारी उपलब्ध गराउनुपर्ने भएको छ । १ अर्बभन्दा साना आयोजनाको पुर्व सम्भाव्यता र १ अर्बभन्दा बढीको आयोजनाले विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मात्रै बैंकमा समावेश गर्नेगरी मापदण्डमा सुधार भएको हो ।
पछिल्लो विवरण अनुसार आयोजना बैंकमा कुल १८ हजार १८ आयोजना समावेश छन् । जसमध्ये ११ हजार १४ आयोजना गत वर्षमात्रै समावेश भएका हुन् । चालु आर्थिक वर्षमा कुल २२१ आयोजना समावेश भएका छन् । तिमध्ये सबैभन्दा धेरै शहरी विकास मन्त्रालयले ७ हजार ३७७, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतका निकायका ५ हजार २९४ र खानेपानी मन्त्रालयल अन्तरगत २ हजार ८५९ आयोजना समावेश भएका छन् ।
प्रतिक्रिया