मनाङमा ५९ मेगावाटको नारखोला हाइड्रो निर्माण हुँदै, २०८५ कार्तिकबाट उत्पादन थाल्ने
काठमाडौं । ५८.९ मेगावाटको नार खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
नार खोला हाइड्रो इनर्जी प्रालिले यो आयोजना निर्माण गर्न लागेको हो । अध्ययन पूरा भएको यो आयोजना मनाङको चामे, नार्पाभुमि, नासोँ र मनाङ डिस्याङ गाउँपालिमा अवस्थित नार खोला र सोती खोलाको पानी उयोग गरेर निर्माण गरिनेछ ।
यो अर्ध-जलाशय प्रकृतिको आयोजना हो । कम्पनीले आयोजना निर्माणका लागि जेनेरेस लाइसेन्स (उत्पादन अनुमतिपत्र) लिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । लाइसेन्स पाएपछि कम्पनीले निर्माण सुरु गर्ने तयारी गरेको छ ।
८ हजार ८२६ मिटर हेडरेस टनेल निर्माण गर्नुपर्नेछ । यो आयोजनाबाट उत्पादन हुने बिजुदली ६ किमी लामो प्रसारणलाइन मार्फत धारापानी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।
२०८५ कार्तिकसम्म व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।