
काठमाडौं । २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
दार्चुलाको मार्मा गाउँपालिकामा अवस्थित चमेलिया नदीको पानीलाई उपयोग गरी यो आयोजना निर्माण हुने भएको छ । यो नदी प्रवाहमा आधारित आयोजना हो । यो आयोजनाबाट वार्षिक सरदर १८५.६२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
दार्चुला पावर लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो ।
यो आयोजनाको अध्ययन पूरा भएको छ । डिजाइन डिस्चार्ज २५.१७ घनमिटर प्रतिसेकेण्ड छ । ९.६६ मिटर अग्लो बाँध चमेलिया नदी र घट्टेखोलाको दोभानबाट करिब ५०० मिटर मार्मा गाउँपालिका-२ नजिकै अवस्थित रहने छ । ७ हजार ८० मिटर हेडरेस टनेल निर्माण गरिनेछ । अर्ध सतही प्रकृतिको विद्युत गृह निर्माण हुनेछ । आयोजनाबाट उत्पादित बिजुली ८.५ किमी लामो १३२ केभी सिंगल प्रसारणलाइन मार्फत नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा लगिनेछ ।
यो आयोजनाबाट २०२९ जुन १० सम्म निर्माण सम्पन्न गरिनेछ । कम्पनीले जेनेरेस लाइसेन्स (उत्पादन अनुमतिपत्र) लिने पक्रिया अन्तिम चरणमा पुर्याएको छ । लाइसेन्स लिएपछि काम सुरु गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया