काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकारले ल्याएको अध्यादेशका कारण निजी क्षेत्र उत्साहित रहेको बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद थापाले कानुन सुधारबाट निजी क्षेत्र खुसी भएको बताएका हुन् ।
‘सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण बनाउन हामीले गरेका र गर्न खोजेका प्रयासका सम्बन्धमा निजी क्षेत्रका साथीहरुसँग छलफल ग¥यौं,’ थापाले भनेका छन्, ‘अहिले गर्न खोजिएका कानुनी सुधारप्रति उहाँहरु उत्साहित हुनुहुन्छ ।’
सांसद थापाले अहिलेभन्दा सहज रुपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौं, अब सुधारको रफ्तार बढाउनुपर्छ ।’
सरकारले एक साताअघि ४ अध्यादेश जारी गर्ने गरी राष्ट्रपति कहाँ सिफारिस गरेको थियो । सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरिसकेका छन् ।
सोही सन्दर्भमा सांसद थापाले निजी क्षेत्रको बुझाइ सामाजिक सञ्जालमा राखेका हुन् । शुक्रबार आयोजित पोलिसी रिफर्म एन्ड वे फरवार्ड विषयको कार्यक्रममा व्यवसायीहरु शेखर गोल्छा, अञ्जन श्रेष्ठ, पशुपति मुरारका, विनायक शाहलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया