धितोपत्र बोर्डले दुुई कम्पनीलाई दियो आईपीओ निष्कासन गर्ने अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

सेबोनले क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युुटिकल्स कम्पनीलाई सेयर निष्कासन गर्न अनुमति दिएको हो । अनुमतिसँगै माइक्रो लाइफले प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

यस्तै सेबोनले ओम मेघाश्री फर्मास्युुटिकल्सलाई पनि सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु