मनकामना ईन्जिनियरिङ हाइड्रोपावरका सञ्चालकले लिएनन् भत्ता, सेयरधनीको पनि हात खाली



काठमाडौं । मनकामना ईन्जिनियरिङ हाइड्रोपावर कम्पनीले वर्तमान सञ्चालकले बैठक भत्ता नलिएको पाइएको छ ।

पुस २९ गते सम्पन्न सभामा सञ्चालकले भत्ता नलिएको जनाइएको छ । हाल कम्पनीको सञ्चालकमा अध्यक्ष कृष्ण बहादुर उप्रेती, सञ्चालक रामहरी बजगाई, सञ्चालक नारायाण दत्त तिमल्सिना, सञ्चालक राधेश्याम खड्का, सञ्चालक सीता ढकाल (पौडेल) र सञ्चालक बाल कुमार बास्तोला रहेका छन् ।

कम्पनीमा भएका संचालक मध्ये अधिकांश सहकारी क्षेत्रमा रहेका छन् । अध्यक्ष उप्रेती सहकारी बैंकका पूर्व अध्यक्ष हुन् । हाल उनी सहकारी ठगी प्रकरणमा जेलमा रहेका छन् ।

बजगाई सहकारी बैंकका पूर्व सञ्चालक हुन् । पौडेल नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को सञ्चालक हुन । बास्तोला जिल्ला सहकारी संघ काठमाडौंका महासचिव हुन् । खड्का सहकारील सहकारीका अध्यक्ष हुन् ।

हाइड्रोमा उप्रेतीको १ लाख कित्ता, बजगाईको १ लाख कित्ता, तिमल्सिनाको १ लाख कित्ता, खड्काको १ लाख, बास्तोलाताको १ हजार २ कित्ता र पौडेलको १ हजार ९०० कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा संचालक, प्रबन्धक सञ्चालकलाई पारिश्रमिक, बैठक भत्ता, मासिक भत्ता, दैनिक भत्ता केही पनि नदिएको जनाएको छ । कम्पनीले बैठक भत्ता बापत अध्यक्षलाई ३ हजार ५ सय र सञ्चालकलाई २ हजार ५ सय दिने निर्णय पारित गरेको छ । तथापी भत्ता भने दिएको छैन । कम्पनीले यो पटक सेयरधनीलाई समेत हात खाली बनाएको छ ।

कम्पनीले सभा सम्पन्न गरेपछि नेपाल स्टक एक्सचेञ्जमा बुझाएको सभाको निर्णय पुस्तिकामा उपस्थित सञ्चालकमा कृष्ण बहादुर उप्रेती पनि रहेको जनाइएको छ । कम्पनीले यो सूचनामा भने ढाँटेको छ । हाल उप्रेती सहकारी ठगी प्रकरणमा जेलमा रहेका छन् ।


क्लिकमान्डु