सरकार ढल्ने हल्लाबीच देउवाले कांग्रेस मन्त्रीहरुलाई किन बोलाए बुढानीलकण्ठ ?



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी दशमन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।

सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरूबीच समन्वयका लागि बैठकको आयोजना गरिएको बताइएको छ ।

यो संसद् बैठक बस्नुअघिको तयारी बैठक भएको कांग्रेस नेताहरुको भनाइ छ ।

सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नजाने चर्चाका बीच कांग्रेस मन्त्रीहरुसँग देउवाले छलफल गर्न लागेका हुन् ।


क्लिकमान्डु