रवि लामिछानेकाे थुनछेक बहस सकिएन, प्रहरी हिरासतमै बस्नु पर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा रहने भएका छन् ।

सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि अब बुधबार फेरि अदालत लगेर बहस हुने छ । साेमबार थुनछेक बहस नसिकिएकाे र मंगलबार विदा परेकाेले अब उनकाे बहस बुधबार मात्रै हुने भएकाे हो ।

यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए । सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए ।


क्लिकमान्डु