सेयर बजारका सबै उपसूचक राताम्मे, साढे ६ अर्बको कारोबार
काठमाडौं । सेयर बजार १५.५४ अंकको गिरावट आएको छ ।
कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिसम्म कायमै रह्यो । अन्तिम एक मिनेटमा भने बजारमा १० अंकको सुधार देखिएको छ ।
यो दिन ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएको छन् । बजार राताम्मे हुँदा पनि बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी पहिलो स्थानमा रहेको छ ।
कम्पनीको ४५ करोड २५ लदाख ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा न्यादी हाइड्रोपावर, हिमालयन पावर पार्टनर रहेको छ ।