एक महिनादेखि बन्द गरेको फ्लाइ दुबाईको भैरहवा उडान आजबाट सुरु, गौतमबुद्ध विमानस्थल फेरि चलायमान हुने
काठमाडौं । एक महिनादेखि उडान बन्द गरेको भैरहवाको गौतमबुद्ध विमानस्थलमा आजबाट पुनः फ्लाई दुबाईले उडान गर्ने भएको छ । यो वायुसेवाले गत १५ डिसेम्बर २०२४ देखि १ महिनाको लागि स्थगित गरेको उडान आजबाट पुन सुरु गर्ने गरी तयारी भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रय विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीले बताए । उनले भने ‘एक महिना अगाडि देखिकै तालिका अनुसा यो वायुसेवाले उडान आजैबाट गर्न थालेको छ ।’
तिवारीका अनुसार फ्लाई दुबाईले पुरानै तालिकालाई निरन्तरता दिएर उडान गरेकोले आजैदेखि दैनिक उडान हुँदै छ । यो वायुसेवाले भैरहवालाई ट्रान्जिट बनाएर काठमाडौं उडान गर्ने छ ।
फ्लाई दुबईले गत कात्तिक २५ गतेदेखि नियमित उडान गर्दै आएकोमो जाडो मौसमका कारण भैरहवामा भिजिबिलिटी कम भएको भन्दै उडान सुरक्षालाई दृष्टिगत गर्दै एक महिना उडान स्थागत गरेको थियो । सोही स्थागित उडान आजैबाट सुरु भएको पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो वायुसेवाको उडान तालिका भने दैनिक २ बजे हुने छ ।
गौतमबुद्ध विमानस्थलमा मौसमकै कारण १५ डिसेम्बरबाटै उडान स्थगित गरेको जजीरा एयरलाइन्सले पनि उडानको तयारी गरिरहेको छ । यो वायुसेवाले तालिका भने पेश गरेको छैन् ।
जजिराले यस अघि सातामा तीन वटा उडान गर्दै आएको थियो । यो वायुसेवाले पनि मौसमका कारण गरेको उडान स्थगितलाई पुनः निरन्तरता दिने तयारी गरिरहेको जानकारी दिएको पनि गौतमबुद्ध अन्तर्राीष्ट्रय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
यो विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर नामक प्रणाली जडान गरेको छ । यो भूउपग्रहको प्रणालीपछि वायुसेवा कम्पनीले कम भिजिबिलिटिमा पनि उडान गर्न सक्ने उल्लेख छ । यो प्रविधि जडान भएपनि नै अन्तर्राष्ट्रिय वायुसेवाको स्थागित उडान पुनः सुरु हुन थालेको पनि उल्लेख छ ।
यो विमानस्थलमा कतार एयरले भने उडान नै गर्न चाहेन । यो वायुसेवाले सुरुवातमा टचडाउन (भैरहवा विमानस्थल छोएर मात्रै आउने) उडान गरेको थियो । सो उडानबाट लाभ हुन नसकेको भन्दै कतारले उडान गर्न चाहेन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर एसियाको पनि उडान नियमित छैन । यो वायुसेवाले सातामा २ वटा उडान गर्ने भनेपछि वायुसेवाले अनुकुलतमा मात्रै उडान गर्दै आएको छ ।
एयर एसियाले एक हप्ता वा १५ दिन जुन अनुकुल हुन्छ सोही अनुसारको उडान गरिरहेको छ । यो विमानस्थलमा नेपाल वायुसेवा निगमले पनि उडान गर्ने गरेको छ । निगमले काठमाडौंबाट भैरहवा हुँदै दुबाई जाने गरेको छ ।