ब्याजदर थप घट्ने क्रम रोकियो, १७ वटाको यथावत्



काठमाडौं । बैंकहरुले निक्षेपमा दिने ब्याजदर घट्ने क्रम रोकिएको छ । निरन्तर घटिरहेको ब्याजदर माघमा आएर भने केही हदसम्म यथावत् देखिएको हो ।

वाणिज्य बैंकहरुले माघ महिनाको लागि सार्वजनिक गरेको ब्याजदरअनुसार १७ वटा बैंकले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् । नयाँ ब्याजदरअनुसार लक्ष्मी सनराइज बैंकले मात्र ब्याजदर बढाएको छ भने कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर बढाएका छन् ।

लक्ष्मी सनराइज बैंकले पुसमा निक्षेपमा ५.५ प्रतिशत ब्याजदर दिएकामा माघमा ५.७५ प्रतिशत दिने भएको छ । यसैगरी कृषिले ५.५७ दिएकामा ५.५१ र एसबीआईले ६ दिएकामा ५.५ प्रतिशत दिने भएको छ ।

प्रकाशित ब्यादरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया र एनएमबि रहेका छन् भने सबैभन्दा कम नेपाल एसबीआईले दिनेछ ।


क्लिकमान्डु