सेयर बजार राताम्मे, कारोबार रकम घट्यो
काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । बजारसँगै कारोबार रकम समेत घटेको छ ।
बजार मापन गर्ने सूचक २५.४१ अंकले घटेर परिसूचक २६०९.६७ बिन्दु कायम भएको छ । कारोबारमा ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो दिन सबै समूहको उपसूचक राताम्मे भएका छन् । साताको पहिलो दिन आइतबार ४४ कम्पनीको कारोबार बढेको छ भने १९३ कम्पनीको घटेको छ ।
बजारमा पहिरो गएको दिन वन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ४१ लाख ५३ हजार ८७२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा सिन्धु विकास बैंक र सिंगटी हाइड्रो इनर्जी रहेको छ ।