नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा नयाँ नेतृत्व, सापकोटाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन



काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा नयाँ नेतृत्व चयन भएको छ । संगठनको विहीबार राजधानीमा सम्पन्न चौथौ राष्ट्रिय महाधिवेशनबाट पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन भएको हो ।

नेकपा एमालेनिकट यो पर्यटन व्यवसायी संगठनको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यामबहादुर खड्का, उपाध्यक्षमा लिला बहादुर लामा, गोपालबहादुर बम, चिरञ्जीबी पोखरेल, ङावाङिवा शेर्पा र महेश भट्टराई चयन भएका छन् ।

महासचिवमा रामबहादुर खड्का चयन भएका छन् भने उपमहासचिवहरूमा प्रदिप आचार्य र दीपक दाहाल चयन भएका छन् । संगठनको सचिवमा राम वली दास, कुलचन्द्र पाण्डे, एलिना मगर, डिल्लिराम शर्मा अधिकारी, भुनवबहादुर पाण्डे र बलराम सुवेदी चयन भएका छन् । कोषाध्यक्षमा बिक्रम बाडेसहितका पदाधिकारी चयन भएका छन् ।


क्लिकमान्डु