मंसिर मसान्तसम्म रेमिट्यान्स ६ खर्ब ४० अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनासम्ममा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आवको ५ महिनाको अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले बढेर ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा नेपालमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । मंसिर मसान्तसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । मंसिर मसान्तसम्म खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।
मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ रहेको थियो ।