सेयर बजारमा भारी गिरावट, कारोबार रकम बढ्यो
काठमाडौं । सेयर बजारमा भारी गिरावट आउँदा कारोबार रकम भने बढेको छ ।
कारोबारको सुरुदेखि घटेको बजार अन्तिम समयमा सम्हालिन खोजेको थियो । अन्तिम २ मिनेटमा बजार ५ अंकले सुधार भएपनि समग्र बजारमा भारी गिरावट आएको हो ।
बजार मापन गर्ने सूचक १८.१४ अंकले घटेर परिसूचक २ हजार ६५३.०९ बिन्दु कायम भएको छ । ३०८ कम्पनीको १ करोड ५७ लाख २३ लाख ३७९ कित्ता सेयर ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा होटल समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक सबै घटेको छ । कारोबारमा ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको बढेको छ ।
कारोबारमा बाराही हाइड्रोपावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा सुपरमादी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।
कम्पनीको ४४ करोड ८८ लाख ६ हजार ४३१ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा सिनर्जी पावर डेभलपमेन्ट र सिन्धु विकास बैंक रहेको छ ।