काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ को एक वर्षमा ९४ लाख ३४ हजार यात्रुले यात्रा गरेका छन् ।
विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडान गर्ने यात्रुको सख्ंया यो अवधिमा ४४ लाख ७० हजार रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं बाहिर जाने र भित्रने यात्रुको संख्या ४४ लाख भन्दा बढी पुगेको छ । यस्तो यात्रु संख्या काठमाडौं भित्रने र बाहिरिने यात्रुको भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय यात्रुको संख्या सन् २०२४ मा ४९ लाख ६३ हजार पुगेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को तुलनामा यात्रु आवागमनको संख्या ७ लाख ४२ हजारले बढेको छ । अघिल्लो वर्ष सन् २०२३ मा त्रिभुवन विमास्थल प्रयोग गर्ने यात्रुको संख्या ८६ लाख ४२ हजार थियो ।
प्रतिक्रिया