भूकम्पपछि प्रधानमन्त्री ओलीले भने: सतर्क र सुरक्षित रहनु होला



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित हुन अनुरोध गरेका छन् ।

मंगलबार बिहान देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सानाठूला भूकम्पका धक्का आइरहेकोले सरतर्क र सुरक्षित रहन अनुरोध गरेका हुन् ।

‘शुभ बिहानी! हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला,’ ओलीले भनेका छन् ।

आज विहान काठमाडौं उपत्यका सहित देशका अधिकांश भागमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको ठूलो धक्का महसुस भएको हो ।

धक्का महसुस भएपछि काठमाडौं लगायतका स्थानका सर्वसाधारण घरबाहिर निस्किएका थिए । देशको मध्य र पूर्वी भागमा ठूलो धक्का महसुस भएको हो ।

प्रारम्भिक रिपोर्टहरुका अनुसार चीनको तिव्बत केन्द्रविन्दू भएर भूकम्प गएक हो । ७.१ रेक्टर स्केलको भूकम्प मापन भएको जनाइएको छ । उक्त भूकम्पले चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत धक्का महसुस भएको छ । भूकम्पले पुर्‍याएको क्षतिबारे भने विवरणहरु आएका छैनन् ।


क्लिकमान्डु