बुध्द एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौं डाइभर्ट
काठमाडौं । बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । बुध्द एयरको सोमबार काठमाडौंबाट भद्रपुर जाँदै गरेको उडान नम्बर ९५३ को कल साईन ९एन एजेएसको दायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएको छ ।
जहामा प्राविधिक समस्या देखिएपछि सवा ११ बजे काठमाडौं डाईभर्ट गरिएको छ । उक्त जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएको बुद्ध एयरले जानकारी दिएको छ ।
यो वायुसेवाका अनुसार उक्त जहाजलाई प्राविधिक टोलीले थप चेकजाँच गरिरहेका छन् । उक्त जहाजका त्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाएको पनि बुद्ध एयरले जानकारी दिएको छ ।
बुध्द एयरको उक्त जहाजले १०ः३८ मा आकस्मिक अवतरण मागेको थियो । सोही कारण अरु जहाजलाई आकासमा केही समय होल्ड गराएर सो आकस्मिक अवरण मागेको जहाजलाई अवतरणमा प्राथमिकता दिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ
विमानस्थल कार्यालयका अनुसार आकस्मिक अवतरण मागेकै कारण अरु विमान केही समय आकासमै होल्ड गराउनु परेको र उक्त जहाज अवतरण गरेपछि अरुको उडान सामान्य अवस्थामा आएको पनि उल्लेख छ ।