ह्यातको सेन्ट्रिक ब्राण्ड नेपाल प्रवेश, सोल्टीमोडको ह्यात प्लेस विस्थापित



काठमाडौं । ह्यात होटलको सेन्ट्रिक ब्राण्ड नेपाल प्रवेश गरेको छ । सोल्टीमोडको ह्यात प्लेस विस्थापित गरेर सेन्ट्रिक ब्राण्डमा होटल सञ्चालन हुने भएको छ ।

सिटी होटल लिमिटेडले सञ्चालन गरिरहेको यो होटल ह्यात प्लेस अब ब्रान्ड गरेर सेन्टिक भएको छ । १० रोपनी क्षेत्रफल फैलिएको यो होटलमा १ सय ५३ कोठा छन् । यो पाँचतारे स्तरको होटल हो ।

ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण गर्ने गरी सम्झौता गरेसँगै होटलको ब्राण्ड परिवर्तन भएको जानकारी दिइएको छ । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले आधुनिक यात्रुहरूलाई नेपालको राजधानी, काठमाडौँको सारलाई अनुभव गर्न स्वागत गर्ने, आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरुको जीवन्त मिश्रण प्रदान गरेको होटलले सोमबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ । यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउँछ।

होटल ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंको प्रत्येक कुनाले काठमाडौँ सहरको कथाहरु व्यक्त गरेको छ । विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात्, यो होटलले ह्यात सेन्ट्रिक ब्राण्डमा परिवर्तन गरेको हो ।

सिटि होटल लिमिटेडका कार्यकारी संचालक अक्षय गोल्यानका अनुसार ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ, र यात्रुहरुलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।

होटलको लबीलाई यात्रुहरुलाई स्वगत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रुपमा प्रस्तुत गरी खोजीको केन्द्रको रुपमा पुनःपरिकल्पना गरिएको छ।

होटलको प्रवेश द्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखि डिजाइन गरिएको छ। मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्‍याउन आफ्ना स्थानीय ज्ञान बाड्न सदैव तयार भएको दाबी होटलको छ ।

होटलमा ८ हाजर ६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू खानपान सेवा, सुविधाहरू सहित उपलब्ध छ । एकै पटकमा १० देखि ६०० व्यक्तिलाई सेवा दिन सक्ने यो होटलकोमा बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त रहेको उल्लेख छ ।

हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले मिहिन डिजाइन देखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमान्चक यात्राको सुरुवात बिन्दु बन्न चाहने बताएका छन् ।

हायात सेन्टिक ह्यातको क्लालिक होटल समूहमा पर्छ । यस अघि हायात प्लेस इसेन्सियल समूहमा यो होटल थियो । हायात ग्रुप विश्वभर लक्जरी, लाइस्टाइलसहितको नाममा विभिन्न ब्राण्डका सेवा सञ्चालनमा छन् ।


क्लिकमान्डु