गार्डियन माइक्रो लाइफका ठूला सेयरधनीमा दिपक भट्टदेखि राजबहादुर साहसम्म, अरु को को ?
काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले सेयर निष्कासन गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले आव २०८०/०८१ मा २७ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै प्रति सेयर आम्दानी २५ पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ ।
यस्तै कम्पनीले आव ०८१/०८२ मा ८४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गर्ने, प्रतिसेयर आम्दानी १ रुपैयाँ ३० पैसा पुग्ने, १०१ रुपैयाँ ५७ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै आव ०८३/०८४ मा १ करोड ७१ लाख १७ हजार रुपैयाँ नाफा पुग्ने, १ रुपैयाँ ५४ पैसा, प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ११ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।
कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ रहेका छन् । कम्पनीमा उनको ५० हजार कित्ता सेयर स्वामित्व छ । कम्पनीको सञ्चालक डा. जय प्रकाश जैसवालको १० हजार कित्ता, ज्योतिष शास्त्री क्षेत्रमा करिब ३० बर्षको कार्य अनुभव संगालेका संचालक उदय नारायण भट्टराईको १० हजार कित्ता, सञ्चालक त्रिशिला झुनझुनवालाको १० हजार कित्ता सेयर स्वामित्व छ । स्वतन्त्र सञ्चालकमा प्रमोद प्रसाद भट्टराई रहेका छन् ।
कम्पनीको आधारभूत सेयरधनी दिपक भट्टको ११ लाख २५ हजार कित्ता, एसजि फिन्कोर्ष प्रालिको ११ लाख २५ हजार कित्ता, नेब्बुल्लस क्यापिटलको ६ लाख २ हजार कित्ता, राज बहादुर साहको ३ लाख कित्ता, हुलास अटोक्राफ्ट प्रालिको ३ लाख कित्ता, शुभम दुगडको ३ लाख कित्ता, मेटा इन्भेष्टमेन्ट कम्पनीको १ लाख २५ हजार कित्ता, प्रिन्टसेल इमेजिंग प्रालिको १ लाख १० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै लिला अग्रवालको १ लाख कित्ता, सुलोचना अग्रवालको १ लाख कित्ता, लियोन मोटर्स प्रालिको ८५ हजार कित्ता, साक्षी बंसल (गुप्ता) को ७५ हजार कित्ता, आकांश गुप्ताको ७५ हजार कित्ता, लतिक गोल्याणको ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । नेब्बुल्लस क्यापिटल प्रा.लिको सञ्चालकमा रेनु अग्रंवाल रहेकी छिन् ।
एस जि फिन्कोर्प प्रा.लिको सञ्चालकमा शंकर लाल अग्रवाल, हुलास अटोक्राफ्ट प्रा.लिको सञ्चालकमा शेखर गोल्छा, ३० हजार कित्ता सेयर स्वामित्व रहेको विजवल्र्ड एडवाइजरि प्रालिको सञ्चालकमा सिद्धान्त झुनझुनवाला रहेका छन् ।
लियोन मोटर्स प्रा.लिको सञ्चालकमा आशिष श्रेष्ठ, मेटा इनभेष्टमेन्ट कम्पनी प्रा.लिको सञ्चालकमा सुजा शाक्य, ७ प्रिन्टसेल इमेजिंग प्रा.लिको सञ्चालकमा निलम देबी जैन र एक्सप्लोर इण्टरनेशनल प्रां.लिको सञ्चालकमा उदिप श्रेष्ठ रहेका छन् ।