लिबर्टी स्थापनाको २ वर्ष पुरा, रक्तदानलगायत विभिन्न कार्यक्रम आयोजना



काठमाडौं । लिबर्टी माइको लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिकोत्सव मनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धित कम्पनीको विभिन्न स्थानहरुमा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

नेपालको सिमान्तकृत समुदायलाई लक्षित गर्दै लघु जीवन बीमाका विशेष बीमा योजनाहरु प्रदान गर्ने उद्देश्यले लिबर्टी २०७९ पुस १७ गते स्थापना भएको हो ।

स्थापनाको दुई वर्षमा कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समय सापेक्ष उल्लेखनीय सेवाहरु प्रदान गरी आफूलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको दाबी कम्पनीको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले काठमाडौंको ब्लुबर्ड कम्प्लेक्समा रहेको प्रादेशिक कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा कम्पनीको सञ्चालक समितिका सदस्य, कर्मचारी तथा अभिकर्ता र विभिन्न संघ संस्था तथा बीमा कम्पनीका कर्मचारी तथा शुभचिन्तकको सहभागिता थियो । यसैगरी कम्पनीका अध्यक्ष निकोलस पाण्डेले रक्तदातालाई प्रमाणपत्र वितरण गरे ।

सोीह अवसरमा कम्पनीले मधेश प्रदेश महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नं. १० स्थित मुसहर बस्तीका बालबालिका अध्ययन गर्ने प्राथमिक विद्यालयद्वय श्री जनता आधारभुत विद्यालय, टुटेश्वर तथा मित्रता आधारभुत विद्यालयका बालबालिका र गण्डकी प्रदेश कास्की जिल्लाको रुपाकोट गाउँपालिका स्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ८ देखि १० का बालबालिकाहरुलाई न्यानो लुगा (स्वेटर) र लुम्बिनी प्रदेश रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका वडा नं. ०२ स्थित श्री पर्सरी प्राथमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत बालबालिकाहरुलाई शैक्षिक तथा पठनपाठन सामाग्री वितरण गरेको छ ।


क्लिकमान्डु