२०२४ लाई फर्केर हेर्दा: देशमा के-के भयो (तस्बिरहरु)
काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्षअर्थात् सन् २०२५ सुरु भएको छ । २०२४ अरु वर्षहरु झै सामान्य बितेको वर्ष पक्कै होइन ।
सामाजिक, राजनीतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलार्इ उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।
नेपाल फोटो लाइब्ररीद्वारा खिचिएका केहि तस्बिरहरु २०२४ नेपालीजनले सम्झिनुपर्ने, विर्षिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा यहाँ उल्लेख गरिएको छ ।
यो वर्ष देश भरि ठुला घटनाहरुको सामना गर्नु पर्यो । बाढी पहिरोले धेरै स्थानहरु तहसनहस बनिदियो । काठमाडौँ उपत्यका साथै देश भरि नै ठूलो जन धन को क्षति भयो ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा २ वटा बस बेपत्ता भएको थियो भने अहिलेसम्म बस भेटिएको छैन ।
श्रावण ९ गते त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एयर विमान दुर्घटना १८ जनाको मृत्यु भयो । श्रावण २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।
यसवर्ष देशलाई विश्वसामु चिनाउन धेरै कुराहरु भए । पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले दिलाएकी छिन् र कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथाको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे ।
नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जी ले कीर्तिमान बनाए । कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यहि वर्ष नयाँ कीर्तिमान बनाए ।
उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४औं हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन् ।
राजनीतिक रुपमा पनि यो वर्ष चर्चामा रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पक्राउ परे । उनीविरुद्ध सहकारी ठगीमा अहिले पनि अनुसन्धान भइरहेको छ र हिरासतमा छन् ।
त्यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि विभिन्न प्रकरणमा पक्राउ परे ।
त्यस्तै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता कीर्ते प्रकरणमा कार्यालयबाटै पक्राउ परेको घटनामा पनि यो वर्ष चर्चामा रहे ।
भूकम्पले भत्किएको धरहरा सर्वसाधारणका लागि खुला भयो ।
यस्ता छन् तस्बिर