अन्नपूर्ण केबलकारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकले छुट पाउने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता,कर्मचारी र पोलिसी होल्डरस्लाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केबलकार बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपुर्ण केबल कारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने ७० लाख भन्दा बढी बीमितहरु रहेका छन् ।

अन्नपुर्ण केबल कार सँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले जनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलले बिमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।


क्लिकमान्डु