पेट्रोल, डिजेलको मूल्य बढ्यो, हवाइ इन्धनको घट्यो



काठमाडौं । नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।


मंगलबार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ र डिजेल प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ ।

पेट्रोलको मूल्य अब १ सय ६३ कायम भएको छ भने डिजेलको मूल्य १ सय ५३ कायम भएको छ । पेट्रोल, डिजेलको मूल्य बढेको भएपनि हवाइ इन्धनको मूल्य भने घटेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ १ सय २८ बाट घटेर १ सय २६ कायम भएको छ ।


क्लिकमान्डु