हामी एकतावद्ध रुपमा अघि बढिरहेका छौँ: देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए ।

अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकतावद्ध गर्नुपर्ने बताए ।

सभापति देउवाले सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्नु आजको आवश्यकता भएको बताए ।

‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनु पर्छ । अझै प्रभावकारी बनाउनु पर्छ । राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनु पर्छ । सम्पूर्ण नेपालीहरु चाहे मधेसमा, चाहे पहाडमा र चाहे हिमालमा हुन्, सम्पूर्ण नेपालीहरुको एकता र मेलमिलाप हुनुपर्छ । सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्न आजको आवश्यकता हो । पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरुका विभिन्न चाहनाहरु होलान् तर त्यसको समन्वय गरेर एकतावद्ध भइ एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ’ देउवाले भने ।


क्लिकमान्डु