माधव नेपालसँग भेटेपछि वामदेव गौतमले के भने ?



काठमाडौं । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो । भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको बताए ।

नेता गौतमले नेकपा –एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताए ।

‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । र आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ,’ उनले भने ।


क्लिकमान्डु