पाँच महिनामा ६ अर्ब बढीको बिमा पोलिसी सरेन्डर, सबैभन्दा बढी एलआईसीको



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनासम्मा ६ अर्ब बढीको बिमा पोलिसी सरेन्डर (समर्पण, त्याग) भएको छ।

बिमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म मसिर मसान्सम्म ६ अर्ब १० करोड ७२ लाख ४२ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म १४ वटा बिमा कम्पनीको ४५ हजार ६० वटा बीमालेख सरेन्डर भएका छन् ।

संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)को रहेको छ ।
एलआईसी नेपालको १० हजार ३१७ वटा पोलिसीबाट १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सका ११ हजार ७९३ वटा बीमा पोलिसी बापत अर्ब ९३ करोड ३५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ४१० वटा बीमा पोलिसी वापत ५१ करोड ३२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको २ हजार ५४१ वटा पोलिसीबाट ३७ करोड ११ लाख रुपैयाँ सरेन्डर भएको छ ।

मेट लाइफको १ हजार ५१६ वटा पोलिसीबाट १७ करोड २३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ३ हजार ७५२ वटा बीमा पोलिसीबाट ४० करोड १४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । आइएमई लाइफको ७६३ वटा बीमा पोलिसीबाट ८ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

सन नेपाल लाइफको २९५ वटा बीमा पोलिसीबाट २ करोड ९४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । यस्तै रिलायबल नेपाल लाइफको ७०८ वटा बीमा पोलिसीबाट ४ करोड ४६ लाख, सिटिजन लाइफको १ हजार १०८ वटा बीमा पोलिसीबाट ८ करोड, सूर्यज्योति लाइफको २ हजार ४८८ सय वटा पोलिसीबाट ३२ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसीबाट १० करोड ९५ लाख, हिमालयन लाइफको ३ हजार ३३ वटा बीमा पोलिसीबाट २८ करोड ३० लाख र प्रभु महालक्ष्मी लाइफको ५४९ वटा बीमा पोलिसीबाट ७ करोड ८० लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । पछिल्लो समय बिमा क्षेत्रमा पोलिसी सरेन्डर निकै बढ्न थालेको छ ।


क्लिकमान्डु