रास्वपाले बोलायो केन्द्रीय समितिको विस्तारित वैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ । रास्वपाले विकसित परिस्थीतिको विषयमा छलफल गर्न केन्द्रीय समिति बोलाएको हो ।
पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालयको बैठकले पुस १९, २० र २१ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा कमल प्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनयन गरेको छ । यसैगरी केन्द्रीय संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र विलम तिवारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गरेका थिए भने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको कूल ६० जिल्लामा भेला सम्पन्न भएको विवरण प्रस्तुत गरे ।