दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारवाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षणका अनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएकोले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो । राष्ट्र बैंकले यस्तो कार्य फेरि नगर्न सचेत गराएको छ ।

यस्तै प्रभु बैंकलाई लकर रोक्का राख्न दिएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।


क्लिकमान्डु