आईपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोडको ३० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

यस्तै सामुहिक लगानी कोषका लागि १ करोड १२ लाख ५० हजार रुपैयाँको १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ ।
यस्तै कम्पनीका कर्मचारीका लागि ६७ लाख ५० हजार रुपैयाँको ६७ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छ ।

अब सर्वसाधारणका लागि बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पुस २१ देखि २४ गतेसम्म सेयर निष्कासन गर्ने भएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

सेयरमा बिक्री प्रबन्धकका साथै मेरो सेयर र सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु