रेसुङ्गाको वडानम्बर १४ टुक्राउने प्रस्ताव नगरसभाबाट पास, सरकारले स्वीकृत गर्ला ?
गुल्मी । रेसुंगा नगरपालिकाले वडा नम्बर १४ लाई विभाजन गरी दुई छुट्टाछुट्टै वडा बनाउने निर्णय गरेको छ ।
१६औं नगरसभा बैठकमा मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले प्रस्तुत गरेको वडा विभाजन गर्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
वडा विभाजनको अन्तिम स्वीकृतिका लागि संघीय सरकारसमक्ष प्रस्ताव पठाइनेछ ।
संघीय सरकारले नगरसभाको प्रस्तावलाई स्वीकृत गरेमा वडा नं. १४ मा पर्ने पराल्मी र रातामाटालाई छुट्टाएर नयाँ वडा थपिनेछ । हाल रेसुंगा नगरपालिकामा १४ वटा वडा रहेका छन्, जसमा विभाजनपछि वडाको संख्या १५ पुग्नेछ ।
यस निर्णयले स्थानीय विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।