सेयर बजारमा दोहोरो अंकको सुधार, अन्तिम २ मिनेटमा ५ अंकले बड्यो


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बजार मापन गर्ने सूचक १४.११ अंकले बढेर परिसूचक २६२६.३१ बिन्दु पुगेको छ । यो दिन बजारमा अन्तिम २ मिनेटमा ५ अंकको सुधार आएको छ । इन्ट्रा डे कारोबारमा बजार २६४५ समेत पुगेको थियो ।

३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबारमा उत्पादन तथा प्रशोधन र ट्रेडिङ बाहेक सबै समुहको उपसूचकमा हरियाली छाएको छ ।

यो दिन आत्मनिर्भर लघुवित्त, गुँरास लघुवित्त, सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सपोर्ट माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।